कांग्रेसले भन्यो- उपसभापति धनराजको ‘डिभोर्स’ नक्कली हुन सक्दैन | Khabarhub Khabarhub

कांग्रेसले भन्यो- उपसभापति धनराजको ‘डिभोर्स’ नक्कली हुन सक्दैन


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङले पत्नी ज्योति गुरुङसँग गरेको ‘डिभोर्स’बारे भइरहेको टिप्पणीलाई अनुचित भनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले कानुनी रुपमा भइसकेको सम्बन्धविच्छेदबारे बहस गर्नु उचित नहुने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कानुनी रुपमा सम्बन्धविच्छेद भएपछि त्यसमा बहस गर्न आवश्यक नरहेको उल्लेख गरे ।

उपसभापति गुरुङ आफैँले छानबिनका लागि तयार रहेको कुरा संसद्मै बताइसकेको अवस्थामा पार्टीले छानबिनका लागि सहज रुपमा लिने उनले बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ५८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले