ब्रेकिङ स्टोरी

रास्वपाको निर्णय : उपसभामुख रानाले संसद्‍मा जवाफ दिन पाउनुपर्छ

By खबरहब

September 11, 2024

काठमाडौं- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखिएको भनिएको पत्रबारे संसद्मा स्पष्टीकरण दिन पाउनुपर्ने निर्णय गरेको छ ।

उपसभामुख राना मगरले संसद् सचिवालयको लेटरप्याड दुरुपयोग गरेर पत्र लेखेको हो वा होइन भन्ने कुराको जवाफ प्रतिनिधिसभाको बैठकमा दिन पाउनुपर्ने निर्णय बैठकले गरेको रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले बताए ।

बुधवार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले पनि उपसभामुख रानामगरले संसद्‍मा आफ्ना कुरा राख्न पाउनुपर्ने निर्णय गरेको झाले बताएका छन् ।

उपसभामुख रानामगरले प्रतिनिधि सभाको बुधबार नै बस्ने बैठकमा जवाफ दिन पाउनुपर्ने माग पार्टीले राख्ने पनि झाले बताएका छन् ।

झाले १८ महिनासम्म यो विषय लुकाएर राखिएका कारण दलहरूले स्वार्थ साँधेर उपसभामुख राना मगरलाई हटाउने योजना बनाएको बताएका छन् ।