राजनीति

रविले भने- पोखरामा कालोझन्डा सहकारी पीडितको पीडा हो, छलफल गर्न तयार छु

By खबरहब

September 11, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने काम गलत हुने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेलाई दुईतिहाइ शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताए ।

यस बिषयमा सत्तापक्षका नेताहरूको पनि ध्यानाकर्षण गराइएको उनले बताए । लामिछानले सहकारी प्रकरणमा आफूमाथि लगाएको आरोपविरुद्ध बोल्ने ठाँउ रहेको जिकिर गरे ।

उनले सहकारी पीडितहरूको समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिएका छन् ।

पोखरामा आफूलाई देखाइएको कालोझण्डा सहकारी पीडितको पीडा रहेको भन्दै खुल्ला छलफल गर्न तयार रहेको लामिछानेले बताए ।

लामिछानले दुईतिहाइ बहुमतको बलमा सदनमा कुनै अप्रिय काम गर्न खोज जनताले प्रतिकार गर्ने पनि बताएका छन् ।