माओवादी केन्द्र मधेश प्रदेशको बैठक सकियो « Khabarhub

माओवादी केन्द्र मधेश प्रदेशको बैठक सकियो


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सकिएको छ। दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो ।

बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गरेका थिए। बैठकमा हिजो ४६ जना र आज थप दुई जना गरी ४८ जना सहभागीले बोलेका थिए । 

बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

माओवादी केन्द्रले मधेश प्रदेशसँगै भूगोलका सातवटै प्रदेशको बैठक सम्पन्न गरेको छ । यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । 

अब सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रवास प्रदेशको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समिति बैठकपछि संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : ३६ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा