नेपालीका लागि यूएईस्थित इन्डेक्स एक्स्चेन्जले ल्यायो विषेश योजना « Khabarhub

नेपालीका लागि यूएईस्थित इन्डेक्स एक्स्चेन्जले ल्यायो विषेश योजना


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईस्थित इन्डेक्स एक्स्चेन्जले नेपालीहरूका लागि विशेष योजना ल्याएको छ ।

एक्सचेन्जले अघिल्ला बर्षझैँ यस वर्ष पनि ‘विन अ मिलियन’को तेस्रो संस्करण लिएर आएको हो।

जसअन्तर्गत यूएईमा रहेका नेपालीहरूले इन्डेक्स एक्स्चेन्जबाट नेपाल पैसा पठाउँदा नगद १० लाखसम्म जित्न सक्ने भएका छन् । यसक्रममा नेपाल जाने हवाई टिकट पनि उपाहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

अघिल्ला वर्षहरूमा नेपाली समुदायलाई लक्षित गरि ल्याइएका योजनामा धेरैले लाभ लिएको कम्पनीले जनाएको छ ।

यसअघि यस योजनाअन्तर्गत रुपन्देहीका नुरुद्दीन चुरिहारले नेपालमा घरसमेत जितेका थिए । कयौँ नेपालीले लाखौँ रुपैया नगद, सुनका सिक्का र अन्य पुरस्कार जितेका थिए ।

कम्पनीले नेपाली समुदायलाई वैधानिक विप्रेषण बढाउने अभियान चलाइरहेको छ । यूएईबासी नेपालीमाझ कम्पनीले सचेतना कार्यक्रम पनि चलाइरहेको छ ।

वैधानिक विप्रेषणतर्फ आकर्षित गर्न श्रमिक लागि ‘विन अ मिलियन’को तेस्रो संस्करणसहितका योजना हरेक वर्ष लिएर आउने गरेको इन्डेक्स एक्स्चेन्जका कार्याकारी प्रमुख सैयेद अब्दुस सलामले जानकारी दिए ।

इन्डेक्स एक्स्चेन्जले नेपाल र यूएईबासी नेपालीलाई प्राथमिकतामा राखेर हरेक वर्ष यस्ता योजना ल्याउने गरेको प्रमुख ब्यवसाय प्रबन्धक मिरके रसुलले जानकारी दिए ।

यो योजनाको तेस्रो संस्करण, सेप्टेम्बर ११, २०२४ बाट सुरु भएर अक्टोबर ३१, २०२४ सम्म रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : ५६ बजे

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको