प्रधानमन्त्रीको आरोप- माधव नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरे « Khabarhub

प्रधानमन्त्रीको आरोप- माधव नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरे


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालमाथि अर्को आरोप लगाएका छन् ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले समाजवादी अध्यक्ष नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरेको आरोप लगाएका हुन् ।

बुधबार स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष नेपालले एमालेले बनाएको पुष्पलाल प्रतिष्ठान निजी सम्पत्तिजस्तो गरेको बताएका हुन् ।

पार्टी विभाजनपछि उक्त प्रतिष्ठान एमालेलाई छोड्नुपर्नेमा अहिलेसम्म खाली नगरेको भन्दै उनले असन्तुष्टि जनाए । उनले पुष्पलाल नभएर माधव नेपाल फुटेर गएको टिप्पणी गर्दै प्रतिष्ठान एमालेले नै पाउनुपर्ने जिकिर गरे ।

‘नेताका नाममा प्रतिष्ठान हुने, त्यो प्रतिष्ठान देशका लागि नहुने, पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । खेलोफड्को गर्दै माधव नेपालजस्ता मान्छेहरू अध्यक्ष भए’, उनले भने, ‘पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी सम्पत्ति जस्तो ठानेर बसे । पुष्पलालजी फुट्नु भएको हो र ? पार्टीबाट माधव नेपाल पो फुटेको हो । पुष्पलाल स्मृति प्रतिष्ठान बोकेर लिएर जाने ?’

उनले स्वर्गीय सुवास नेम्वाङको नाममा नयाँ प्रतिष्ठान बनाउने बताए । नेम्वाङको स्मृतिलाई ताजा राख्न र उनका आदर्श पछ्याउन प्रतिष्ठान आवश्यक रहेको उनले बताए ।

‘उहाँको स्मृतिलाई ताजा राख्न र उहाँको सम्झनामा, उहाँका आदर्श पछ्याएर काम गरिरहन सुवासजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं’, उनले भने ।

नेताहरूका नामा खोलिएको प्रतिष्ठान उनीहरूको आशर्द, विचार, उनीहरूले हिँडेको बाटो, आचरण, व्यबहारअनुरुप नयाँ पुस्ता चल्नुपर्ने उनले बताए । अहिले निष्कृय प्रतिष्ठानहरूलाई पनि सक्रिय बनाउने बचन उनले दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ०७ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका