राजधानीबाट दिनदहाडै चोरिन्छन् मोटरसाइकल, हत्तपत्त फेला पर्दैनन् | Khabarhub Khabarhub

राजधानीबाट दिनदहाडै चोरिन्छन् मोटरसाइकल, हत्तपत्त फेला पर्दैनन्


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम  जनकपुरधाम मधेस प्रदेशको राजधानी हो । जनकपुरधाम नगरक्षेत्रमा केही महिना यता मोटरसाइकल चोरी हुने क्रम ह्वात्तै बढेको छ ।

जनकपुर नगर क्षेत्रबाट १ महिनाको अवधीमा करिब ३ दर्जन मोटरसाइकल चोरी भएको छ । चोरहरूको रोजाइमा पुराना भन्दा नयाँ मोटरसाइकलहरू पर्ने गरेका छन् ।

चोरहरूको रोजाइमा हेबी वेटका पल्सर, अपाचे लगायतका मोटरसाइकलहरू पर्ने गरेको पछिल्ला घटनाक्रमले देखाएको छ ।

चोरी भएका मोटरसाइकलहरू सीमावर्ती भारतीय शहरमा पुग्ने गरेका छन् । प्रहरीको फितलो गस्तीका कारण दिनदहाडै बजार क्षेत्रबाट मोटरसाइकल चोरीका घटना बढेको स्थानीयहरुले आरोप लगाएका छन् ।

दिनहुँ भइरहेको मोटरसाइकल चोरीको घटनाबाट जिल्लावासी त्रसित बनेका छन् । मोटरसाइकल चोरी आतंकले नेता, वकिल, पत्रकार, व्यापारीलगायत सर्वसाधारण पीडित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक अनुसार असार देखि अहिलेसम्म ३५ वटा मोटरसाइकल चोरी भएको छ । घटना धेरै भए पनि प्रहरीको तथ्यांकमा भने कमै देखाइएको छ । यिमध्ये १४ वटा मोटरसाइकल फेला परेको प्रहरीको तथ्यांकले बताउँछ । 

चोरीको श्रृङ्खलावद्ध घटना

घटना १ : शनिबार राति धनुषा जिल्ला अदालतका तामेल्दार राजिव कुमार मिश्रको आँगनबाट दुइवटा पल्सर मोटरसाइकल चोरी भयो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोक स्थित मिश्रको घरबाटै उनी चढ्ने प्रदेश–२–००२–००४प ९७७७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल र उनको काकाको छोरा प्रहलाद भनिने अर्जुन कुमार मिश्रले चढ्ने प्रदेश–२–०२–००३प ००७९ नम्बरको २०० सीसी पल्सर एनएस मोटरसाइकल चोरी भयो । चोरीलगत्तै उनीहरूले जिल्ला प्रहरीमा निवेदन पनि दिए । तर मोटरसाइकल भने अहिले सम्म फेला पर्न सकेको छैन ।

घटना २ : भदौ ५ गते जनकपुरधाम उपमहानगरपालिका वडानम्बरब्रहमपुरी बस्ने सबिर मियाको पनि घरबाटै मोटरसाइकल चोरी भयो । मियाको वडानम्बरब्रहमपुरीस्थित घरको ब्रण्डाबाट दिउँसो १ः३० बजेदेखि ३ बजेको बीचमा मधेस प्रदेश २–०२–००७ प २४४३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भयो । उनले पनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । तर मोटरसाइकल भने अहिले सम्म फेला पर्नसकेको छैन ।

मियाले भने, ‘मधेस प्रदेशको राजधानी हो जनकपुरधाम । यहाँ त् राजधानी नै असुरक्षित भएको छ । मजस्ता दर्जनौँको बाइक चोरी भएको छ । नगरमा प्रहरीको फितलो एक्सन छ । मेरो घरबाट दिउँसै मोटरसाइकल चोरी भयो अझैसम्म मोटरसाइकल फेला परेको छैन । अब मोटरसाइकल घरमा नलगाएर कहाँ लगाउने ? भन्दै उनले प्रश्न गरे ।’

उनका अनुसार चोरले प्रहरीको ‘एक्सन’ कमजोर भएको फाइदा उठाएको छ । 

घटना ३ : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ वकिल टोलबाट श्रावण ८ गते पत्रकार नवीन सिंहको घरबाटै उनको मोटरसाइकल चोरी भयो ।

सिंहको घरमै राखेको मोटरसाइकल दिउँसो १ः ४५ बजेको समयमा चोरी भएको हो । पत्रकार सिंहले पनि मोटरसाइकल चोरी भएपछि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । प्रदेश २–००६प ४४५५ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल उनको घरबाट चोरी भएको महिनौँ बितिसक्दा पनि फेला पर्न सकेको छैन । 

‘घटना हेर्नैमा सानो भए पनि यो घटना सुरक्षासित जोडिएको छ । जिल्लामा बाइक चोरीको आतंक नै फैलिएको छ । दैनिक बाइक चोरी भइरहेका छन् । बाइक चोरी नियन्त्रण गर्न प्रहरीलाई चुनौती छ,’ सिंहले भने, ‘जिल्लाका गाउँदेखि सहरसम्म बाइक चोरी आतंक चलेको छ । जिल्लामा पछिल्ला चार–पाँच महिनायता मोटरसाइकल चोरी आतंकले नेता, वकिल, पत्रकार, व्यापारीलगायत सर्वसाधारण पीडित छन् ।’ 

उनले प्रहरीलेसमेत मोटरसाइकल खोज्न चासो नदेखाएको गुनासो गरे । अहिले चाडबाडको समय नजिकिँदै छ बजारमा अत्यधिक भीडभाड हुने समय आएको छ । त्यसैले मोटरसाइकल चोरीको घटना झन बढ्न सक्ने जोखिम रहेपनि सुरक्षा निकायलाई मतलब नै नरहेको स्थानीयहरु बताउँछन् ।

 दिनहुँ चोरीको घटना बढेपछि प्रहरीको कार्यशैलीमाथि नै प्रश्न चिन्ह खडा भएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले चोरीको शृङ्खला बढेको गुनासो आएपछि ‘एक्सन’ सुरु गरिएको बताए । 

‘नजिकै रहेको नेपाल-भारत खुला सीमाका कारण चोरी नियन्त्रण चुनौती पूर्ण छ । यताबाट चोरिएका मोटरसाइकल भारतीय बजार, महोत्तरी र केही ग्रामीण भेगमा भेटिने गरेका छन्’, प्रहरी उपरीक्षक तिवारीले भने,  ‘हामी चोरी नियन्त्रणमा लागि परेका छौँ । सादा पोशाकमा प्रहरी परिचालनसहितका संयन्त्रबाट ‘एक्सन’ सुरु गरिसकेका छौँ ।’

उनले चोरी नियन्त्रणका लागि समुदायसँग मिलेर पनि काम गरिरहेको बताए । प्रहरी उपरक्षक तिवारीले चोरीमा संलग्न एउटा गिरोहलाई पक्राउ गरिसकेको र अरुको पहिचान भइसकेको बताए । 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : २७ बजे

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात

लण्डन – स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले