बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ « Khabarhub

बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन । विसं २०७२ को गोर्खा भूकम्पले क्षति पुर्‍याएको मन्दिर पुनः निर्माणको काम सुरु भएको चार वर्ष भइसक्दा पनि बजेट अभावले काम अझै नसकिएको जनाइएको छ ।

 ललितपुर महानगरपालिकाको सहयोगमा विसं २०७८ देखि रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले काम सुरु गरेको थियो । समितिका अध्यक्ष अध्यक्ष बेखनर महर्जनले महानगरबाट एकमुस्ट बजेट नआउँदा काम समयमै सम्पन्न नभएको बताए । उनले महानगरपालिकाले हरेक वर्ष बजेट छुट्याउने गरेका सोअनुसार काम भएको जानकारी दिए। 

भूकम्पले क्षति गरेका ललितपुरका अन्य मन्दिर पुनःनिर्माण भए पनि यस मन्दिरको पुनःनिर्माण ढिलाइ भएको रुद्रायणीदेवी गुठीका अध्यक्ष उदयकुमार डुङ्गोको भनाइ छ । ‘बजेट अभावले मन्दिर पुनःनिर्माण ढिला भएको हो तर महानगरको वार्षिक बजेटअनुसार काम भने भएको छ । हालसम्म रु चार करोड भन्दाबढी खर्च भइसक्यो । अहिलेकै अवस्थामा मन्दिर पुनः निर्माणको काम सम्पन्न हुन अझै दुई वर्ष लाग्ने देखिन्छ’, उनले भने । 

सोही गुठीका सदस्य हेराबहादुर डङ्गोलले समयमै मन्दिर निर्माण नहुँदा यहाँ रहेका मूर्तिलाई अस्थायी मन्दिरमा राखेको र छिटो काम सकेर रुद्रायायणीदेवी जात्रा र पूजाआजको लागि सहज अवस्था बनाउन आग्रह गरे । 

रुद्रायणी मन्दिरको पुनःनिर्माणको लागि २०७८ भदौ २३ गते पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिलान्यास गरेका थिए । करिब आठ करोडमा पुनःनिर्माणको जिम्मा लिएको उपभोक्ता समितिले काममा ढिलाइ हुँदा लागत बढेर १० करोड भन्दाबढी खर्च हुन सक्ने जनाएको छ । 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : ०६ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको