पाकिस्तानमा सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने « Khabarhub

पाकिस्तानमा सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानका सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् ।

आधिकारिक सूचना चुहावट रोक्नका लागि सरकारले अनुमतिबिना सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको हो ।

द न्यूज इन्टरनेशनलका अनुसार सरकारको संस्थापन विभागले परिपत्र जारी गर्दै कर्मचारीहरुलाई सरकारी कर्मचारी (आचारसंहिता) नियम १९६४ अन्तर्गत यस्तो बन्देज लगाएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यस निर्देशनअनुसार सरकारी कर्मचारीले कुनै किसिमको सरकारी नीतिविरुद्ध अभिव्यक्ति दिन पाउने छैनन् ।

यसको निगरानीका गर्न र विवादास्पद सामग्री हटाउन सरकारी निकायलाई निर्देशन समेत दिइएको छ । सरकारी कर्मचारीले यस निर्देशनको पालना नगरे कारवाही भोग्नुपर्ने छ ।

यद्यपि सामाजिक सञ्जालको सकारात्मक प्रयोगमाथि बन्देज लगाउने कुनै मनशाय भने नरहेको निर्देशनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १० : ३९ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको