पाकिस्तानमा सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने « Khabarhub

पाकिस्तानमा सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानका सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् ।

आधिकारिक सूचना चुहावट रोक्नका लागि सरकारले अनुमतिबिना सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको हो ।

द न्यूज इन्टरनेशनलका अनुसार सरकारको संस्थापन विभागले परिपत्र जारी गर्दै कर्मचारीहरुलाई सरकारी कर्मचारी (आचारसंहिता) नियम १९६४ अन्तर्गत यस्तो बन्देज लगाएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यस निर्देशनअनुसार सरकारी कर्मचारीले कुनै किसिमको सरकारी नीतिविरुद्ध अभिव्यक्ति दिन पाउने छैनन् ।

यसको निगरानीका गर्न र विवादास्पद सामग्री हटाउन सरकारी निकायलाई निर्देशन समेत दिइएको छ । सरकारी कर्मचारीले यस निर्देशनको पालना नगरे कारवाही भोग्नुपर्ने छ ।

यद्यपि सामाजिक सञ्जालको सकारात्मक प्रयोगमाथि बन्देज लगाउने कुनै मनशाय भने नरहेको निर्देशनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १० : ३९ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु