मिल्टन आँधीले अमेरिकामा १६ जनाको मृत्यु | Khabarhub Khabarhub

मिल्टन आँधीले अमेरिकामा १६ जनाको मृत्यु


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्य भएर गएको मिल्टन आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ। यो सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ। ३० लाख घर र व्यवसायमा अहिले बत्ती छैन। त्यहाँको गभर्नर रोस डेस सान्टिस फ्लोरिडामा केही दिनमा बाढी पनि आउनसक्ने चेतावनी दिएका छन्।

फ्लोरिडाका बासिन्दालाई अहिले सुरक्षित भएर बस्न तथा बाहिर ननिस्कन भनिएको छ। पश्चिम तटीय क्षेत्रमा पानीको वितरण रोकिएको छ। पत्रिका भवनमा क्रेन ठोक्किएको छ।

मेजर लिग बेसबलको रङ्गशालाको छत भत्किएको छ। मिल्टन आँधी अहिले एटलान्टामा गइसकेको छ। तर यसको असर अझै बाँकी छ।

संसारमा मिल्टन आँधी ३ साताको बिचको तेस्रो प्राकृतिक प्रकोप हो। गएको महिना संसारका अन्य धेरै स्थानमा यसै किसिमका समस्या, मेक्सिको, नेपाल र बेलायतमा पनि देखिएको थियो।

जलवायु वैज्ञानिकका अनुसार अहिले वातावरणमा आर्द्रता बढी रहेको छ। यसै कारण भारी वर्षाको कारण संसार नै समस्यामा पर्न सक्छ। यूएस फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा)ले दुई ठुला आँधीका कारण भएको क्षतीमा उद्धारका लागि २० अरब अमेरिकी डलर सांसदबाट पास गराएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : २१ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई