राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा « Khabarhub

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित यस वर्षको बडा दशैँका अवसरमा शुक्रबार नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन् ।

बडादशैँका अवसरमा नवदुर्गाको अवतारस्वरूप  राष्ट्रप्रमुखले नवकन्याहरूको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ । 

 दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ । 

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १२ : ३७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका