अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना « Khabarhub

अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कास्की – अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गाउँपालिकासँगको साझेदारी कार्यक्रमअन्तर्गत पर्यटक सूचना केन्द्र, उद्यान र दिवा सेवा केन्द्रको स्थापना गरेको हो । 

पर्यटक सूचना केन्द्रका लागि एक्याप ल्वाङ कार्यालयबाट १० लाख, गाउँपालिकाको १३ लाख ६० हजार लागत साझेदारी गरी कूल २३ लाख ६० हजार लागतमा निर्माण गरिएको एक्याप ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए।   

केन्द्रले मर्दी हिमाल पदमार्ग, माछापुच्छ्रे नमूना पैदलमार्ग लगायतका पर्यटकीयस्थलमा पदयात्रामा जाने पर्यटकको अभिलेख संकलन गर्नेछ । पर्यटक समस्यामा परेमा द्रुत उद्धारमा सहयोग पुग्ने गौतमले बताए। खुमै डाँडा र क्रोचोङको पदयात्रा पनि यहीँबाट सुरु हुन्छ । 

सूचना केन्द्रबाट खुमै तथा मर्दी ट्रेकिङरुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले बताए।

पाँच रोपनी जमिनमा सूचना केन्द्र, दिवा सेवा केन्द्र र व्यायामशाला निर्माण भएको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १ : ३६ बजे

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली

रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका

नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू)

चितवन– तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनको नारायणीसम्म आइपुगेको छ