फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने | Khabarhub Khabarhub

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ ।

केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ । केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले सम्बन्धित कानूनमा संशोधन गर्न बिहीबार संसद्‌मा प्रस्ताव पेस गरेको छ ।

सरकारका अनुसार केन्द्रले फिनल्याण्डको राष्ट्रिय सुरक्षामा, पूर्वाधारको सुरक्षा, आपूर्ति शृङ्खला सुरक्षा सुनिश्चित गर्न तथा साइबर सुरक्षामा महत्वपूर्ण योगदान दिनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ५ : ४९ बजे

नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन

काठमाडौं– नेकपा (एमाले) महासचिव शंकर पोखरेलले राष्ट्रिय  महाधिवेशनको मिति तय

युरोपेली सुरक्षामा आँच नपुर्‍याउन चीनलाई इयूको आग्रह

ब्रसेल्स– युरोपेली सङ्घ (यू) का विदेश मामिला प्रमुख काजा कल्लासले

शैल रूपाखेती जर्मनीका लागि राजदूतमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा जर्मनीका लागि आवासीय राजदूत

गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ

काठमाडौं – प्रोशेष पाण्डे जन्म वि.सं २०६३ असार महिनामा भयो

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले