बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन « Khabarhub

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

खजुरा – प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष पाउने आशामा आज जिब्रो छेडेका छन् ।  

बडादसैँको घटस्थापनादेखि निराहर व्रत बसेका पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि रहेको बागेश्वरी मन्दिरका मुलपुरोहित महन्त चन्द्रनाथ योगीले बताए। 

उनले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो काटेर चढाउने गरिएपनि अहिले जिब्रो छेडेर दर्शन गर्ने चलन रहेको बताए। महन्त योगीले देवीको मन्दिरमा पशुबली चढाउने परम्परा रहेको र केही भक्तजनले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको स्पष्ट पारे। 

उनका अनुसार नवरात्रको व्रत बसेका व्रतालु पुरुषले नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेड्ने गर्छन् । हरेक वर्ष एक सयभन्दा बढी भक्तजनले जिब्रो छेड्ने गरेका छन् । 

यस मन्दिरमा बडा दसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास छ । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ५ : ५४ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका