आज २०८१ साल कात्तिक २६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक २६ गते सोमबारको राशिफल


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २६ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर ११ तारिख। कात्तिक शुक्ल पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेर गरेको लगानीबाट नाफा हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ। साथीको सहयोगले सोचेको काम बन्नेछ। नाफामा मात्र ध्यान दिने भन्दा सानो भए पनि रकम दान गरेमा सन्तुष्टि मिल्नेछ।

वृष : सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ। सामाजिक क्षेत्रमा विवाद बढ्नेछ। अन्य कुरामा भन्दा परिवारको काममा केन्द्रित हुनु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

मिथुन : मुल त्रिकोणमा चन्द्रमा भएकाले मन शान्त बन्नेछ। तपाईंका कारणले साथीभाइ टाढा हुनसक्छन्। व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ। विपक्षीसँग बहुमत भएकाले थोरै तर्क गर्नु राम्रो हुनेछ।

कर्कट : हरेक क्षेत्रमा बाधा हुनसक्छ। राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्नसक्छ। स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सहज छ। आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन्। रोग बढ्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या : अचानक खर्च बढ्नेछ। सञ्चित धनको खर्च हुनाले मन दुःखी हुनेछ। आफ्ना भन्दै गरेका साथीबाट असहयोग हुने योग छ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ। साथीभाइको सहयोग प्राप्त हुनेछ। राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ। परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ।

वृश्चिक : बोलीको प्रभावले राम्रो काम बन्नेछ। मनमा कुरा नराख्नु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासबाट राहत मिल्नेछ। उच्च पदका साथीसँगको भेटले मन हलुका हुनेछ।

धनु : एकल निर्णय भन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ। साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : मनमा खटपटी बढ्नेछ। धनस्थानमा चन्द्रमा पुगेकाले धन आर्जन हुनेछ। महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ। बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : सानो कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ। लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्र्नेछ। परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

मीन : अनुत्पादक क्षेत्रमा धन खर्च हुनसक्छ। एकल निर्णय आजका लागि घातक हुनसक्छ। शिक्षामा ढिलासुस्ती हुने देखिन्छ। गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ५ : ११ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका