खराब कर्जाले नाडेप लघुवित्त पाँच करोड घाटामा « Khabarhub

खराब कर्जाले नाडेप लघुवित्त पाँच करोड घाटामा


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

पहिलो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको छ । गत वर्ष भने लघुवित्तले ५ लाख नाफा कमाएका थियो ।

यस वर्ष खराब कर्जा अत्याधिक बढेका कारण पनि कम्पनीले ठूलो घाटा व्यहोर्नु परेको हो । यस अवधिमा ६.५६ प्रतिशत रहेको खराब कर्जा बढेर १०.५१ प्रतिशतमा पुगेको छ । यस्तै, कम्पनीको संचालन घाटा र खराब कर्जाले गर्दा लघुवित्तको नाफा प्रभावित भएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी भने ५ करोड १९ लाखबाट वृद्धि भएर ५ करोड ८३ लाख पुगेको छ । तर कम्पनीको इम्पेरिमेन्ट चार्ज बढ्नाले पनि कम्पनी घाटामा देखिएको हो । पहिले ७९ लाख ७५ हजार रहेको इम्पेरिमेन्ट चार्ज अहिले बढेर २ करोड ९० लाख पुगेको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १०.२४ पैसा ऋणात्मक रहेको छ । नाडेपको प्रतिसेयर नेटवर्थ १७२.९३ रुपैयाँ छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १० : ४६ बजे

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ