आप्रवासन अधिकारी टम होमनले  ‘बोर्डर जार’ को रुपमा काम गर्ने « Khabarhub

आप्रवासन अधिकारी टम होमनले  ‘बोर्डर जार’ को रुपमा काम गर्ने


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी  प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताएका छन् ।

अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘म पूर्व आइसिई निर्देशक र सीमा नियन्त्रणका दृढ समर्थक टम होमन हाम्रो राष्ट्रको सीमाको जिम्मेवारीमा (‘बोर्डर जार’ का रूपमा) ट्रम्प प्रशासनमा सामेल हुने घोषणा गर्न पाउँदा खुसी छु’, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, ‘मैले टमलाई लामो समयदेखि चिन्छु र हाम्रो सीमाको प्रहरी र नियन्त्रणमा उहाँभन्दा राम्रो कोही छैन ।’

ट्रम्पले होमनलाई ‘सबै गैरकानूनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताए।

सन् २०२० को राष्ट्रपति निर्वाचनमा हार स्वीकार नगरेका ट्रम्पले नोभेम्बर ५ को मतदानमा उल्लेखनीय पुनरागमन गरेका छन्। यसले उनको कट्टर दक्षिणपन्थी दृष्टिकोणले प्रभुत्व जमाएको एक दशकभन्दा बढी अमेरिकी राजनीतिको सुरुवात गर्ने देखिन्छ।

आफ्नो चुनावी अभियानमा उनले कागजातविहीन आप्रवासीहरूविरुद्ध बारम्बार आक्रोश व्यक्त गरे र अमेरिकाको ‘रगत विषाक्त पार्ने’ व्यक्तिहरूका बारेमा हिंसात्मक भाषा प्रयोग गरे।

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनमा वर्षौंदेखि सङ्घर्ष गरिरहेको भए पनि अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने आप्रवासीहरूद्वारा ‘आक्रमण’ भइरहेको दाबी गर्दै ट्रम्पले चिन्ता व्यक्त गरेका छन् ।

    

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ३६ बजे

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप