अधिकारी पक्राउको सूचना संसद्‍मा, प्रदेशसभा सदस्यबाट निलम्बित « Khabarhub

अधिकारी पक्राउको सूचना संसद्‍मा, प्रदेशसभा सदस्यबाट निलम्बित


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ ।

कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ ।

मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरि काठमाडौं ल्याएको छ ।

उनलाई यसअघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट पनि निलम्बन गरिसकेको छ ।

प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी कोशी प्रदेश सांसदबाट निलम्बित भएका छन् ।

उनी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट २०७९ को निर्वाचनमा विजयी भएका थिए । उक्त क्षेत्रबाट उनी दुई पटक विजयी भइसकेका छन्।

अधिकारी १७ हजार ५५२ मत ल्याएर विजयी भएका थिए । उनले कांग्रेस उम्मेदवार विनोद कार्कीलाई दुई हजार २०० मतले पराजित गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : ०३ बजे

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर