टुकुचा छोपेर बनाइँदै कमलादीमा भासिएको सडक (तस्बिरहरू) « Khabarhub

टुकुचा छोपेर बनाइँदै कमलादीमा भासिएको सडक (तस्बिरहरू)


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाछेउको उक्त सडक गत साउनमा भासिएको थियो।

काठमाडौं प्लाजादेखि उत्तरतर्फ दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको थियो।

टुकुचा खोला देखिनेगरि भ्वाङ परेको स्थानमा अहिले सडक विभागले पुनर्निर्माण थालेको हो। भत्किएको तीन महिनापछि मात्रै उक्त सडक बनाउन थालिएको हो । सडक बनाएपछि टुकुचा खोलो पुरानै अवस्थामा पुरिनेछ ।

सडक विभागले दुई महिनामा काम सक्ने गरी डीजी प्रकाश कन्स्ट्रक्सनलाई सो सडक बनाउने जिम्मा दिएको छ।  

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : १३ बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना