युवा संकल्प यात्रा जनकपुरधाममा नेता निधिले गरे स्वागत  « Khabarhub

युवा संकल्प यात्रा जनकपुरधाममा नेता निधिले गरे स्वागत 


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – झापाको मेचीनगरबाट सुरु भएको युवा संकल्प यात्रा आज जनकपुरधाम पुगेको छ । 

नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय महामन्त्री भूपेन्द्रजङ्ग शाहीलगायतको समन्वयमा सुरु भएको यात्रालाई सोमबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वागत गरे। 

त्यस अवसरमा नेता निधिले युवा संकल्प यात्राको सम्पूर्ण टोलीलाई सफलताको शुभकामना दिए। भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न ‘एजेन्डा’हरूमा केन्द्रित रहेर पूर्व–पश्चिम संकल्प यात्रा सुरु गरिएको शाहीले जानकारी बताए।

यात्रामा ४० जनाको टोली रहेको नेविसङ्घका केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिएका छन् । युवा सङ्कल्प यात्रामा संविधानसभा सदस्य एवं नेविसङ्घका पूर्वकेन्द्रीय सभापति रञ्जितकुमार कर्ण, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल, शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रादेवी जोशी, राष्ट्रिय कलाकारहरू राधिका हमाल, उदिराम खड्का, सुनिल थापा, लेलिया विश्वकर्मालगायत सहभागी छन् । 

संकल्प यात्रा कात्तिक २३ गतेदेखि मेचीबाट सुरु भई कञ्चनपुरको महाकाली पुगेर समापन हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : २७ बजे

रसुवागढी नाका आजदेखि सञ्चालन

रसुवा–  नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स– सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

चितवन– पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा– बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका