भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत हौँ : मन्त्री गुरुङ « Khabarhub

भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत हौँ : मन्त्री गुरुङ


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जातीय सद्भावमा बलियो शक्ति हुने भएकाले भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत रहन आग्रह गरेका छन् ।   

राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको स्मृति दिवसका अवसरमा पद्मरत्न तुलाधर लुमति गुठीद्धारा सोमबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच एकताको महत्वबारेसमेत चर्चा गरे ।

‘जहाँ सांस्कृतिक रुपमा मानिस एकबद्ध छन्, त्यो धेरै शक्तिशाली समाज हो । कसैले त्यो समाजलाई कमजोर बनाउनुछ भने पहिलो चोटी नै उसको संस्कृतिमाथि हमला गर्छ’, उनले भने, ‘राष्ट्रवाद भनेको कुनै सिमामा मात्र खोज्ने कुरा होइन । हाम्रो राष्ट्रियता प्रत्येक जनताको अनुहारमा खोज्नुपर्छ । त्यसैले सबै समुदाय र व्यक्तिले राज्यको स्रोत र शक्तिमा पहुँच भएको महसुस हुनुपर्छ ।’

मन्त्री गुरुङले राष्ट्रिय विभूति साख्वा राष्ट्रिय एकताको प्रतिक भएको उल्लेख गर्दै भाषा संरक्षणको दिगोपनका लागि घरबाटै मातृभाषाको अभ्यासलाई निरन्रता दिनुपर्नेमा जोड दिए। 

‘भाषा संरक्षणका लागि सबैभन्दा पहिला पाठशाला घर हो । पहिलो गुरुआमा भनेको घरको आमा हुन’, उनले भने, ‘धेरै आदिवासीका भाषाहरू जुन व्यवहारमा रूपान्तरण हुँदैन, शैक्षिक संस्थामा पढाइँदैनन्, साहित्यमा विकास भएको छैन र व्याकरण विकास भएको छैन । त्यस्ता भाषाहरूको संरक्षण घरघरबाट हुनुपर्छ ।’

नेपाल संवत्को महत्वलाई राज्यले महत्व दिएर अघि बढ्ने मन्त्री गुरुङले बताए। नेपाल भाषासँग सिङ्गो नेपालको सार्वभौमिकता जोडिएको उनको भनाइ थियो ।

‘संयुक्त राष्ट्रसङ्घले समेत नेपाल भाषीको देश नेपाल हो भनेर चिनेको छ । त्यसैले नेपाल भाषाको महत्व, नेपाल संवत्को महत्व, नेपाल मण्डलको महत्वलाई राज्यले जहिल्यै पनि महत्व दिएर अघि बढनेछ’, उनले भने ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषासँगै अन्य मौलिक भाषाको संरक्षणका लागि सरकार सँगसँगै समुदायको निरन्तरता आवश्यक भएकामा जोड दिए। 

  पूर्वमन्त्री एवं पद्मरत्न तुलाधर लुमति गुठीका अध्यक्ष केशवमान शाक्यले शङ्खधर साख्वालाई सुशासन, सामाजिक न्याय र आर्थिक सङ्कटको व्यवस्थापनका लागि वर्तमान नेतृत्वले प्रेरणाको स्रोतको रुपमा लिन सक्नुपर्ने बताए।  

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : ०० बजे

‘नेपाल र भारतबीचको सम्बन्ध बलियो बनाउन दुवै देशको पत्रकारिताको योगदान महत्त्वपूर्ण’

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

६०औँ जन्मदिनमा सलमान खानको सरप्राइज, ‘ब्याटल अफ गलवान’को दमदार टिजर सार्वजनिक

काठमाडौं– बलिउडका  ‘टाइगर’ सलमान खानले आफ्नो ६०औँ जन्मदिनमा फ्यानहरूलाई बहुप्रतीक्षित

खानासम्बन्धी हाम्रो समाजमा व्याप्त यी १० भ्रमको पछि नलागौँ

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा भ्युज बढाउन राखिने आकर्षक तर

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहौल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेन-जी