‘तेल भिसा’का निर्देशकको प्रष्टीकरण : फिल्मको संवाद भाइरल टिकटकसँग मिल्नु संयोग | Khabarhub Khabarhub

‘तेल भिसा’का निर्देशकको प्रष्टीकरण : फिल्मको संवाद भाइरल टिकटकसँग मिल्नु संयोग


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमा चर्चामा आएका भाइरल संवाद फिल्ममा हुबहु प्रयोग भएका उदाहरण थुप्रै छन् । कतिपय फिल्ममा बच्चाहरुले सुनाउने चुट्किलासम्म समावेश गर्ने गरेको पाइएको छ ।

मंसिर ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’ पनि यसबाट टाढा रहन सकेन । फिल्मको ट्रेलरमा प्राथमिकताका साथ राखिएको एक संवाद केही महिना अगाडि भाइरल टिकटक भिडियोमा मिल्दो छ ।

उक्त टिकटक भिडियोमा दिदीले भाइलाई लेख्न-पढ्न सिकाउँदै हुन्छिन् । दिदीले भाइलाई पढ्न सिकाउँदै भन्छिन्, ‘एम अनि वाई । एम वाई- माई । माई भनेको मेरो । माई मेनेको केरे भाइ ?’ अनि भाइले भन्छन्, ‘माइ भनेको तपाईंको ।’

यो पनि…

ऋचा घिमिरेको युटर्न : ‘तुलसी’ बोकेर अमेरिका, नेपाल आउँदा ‘तेल भिसा’

यता फिल्मको ट्रेलरमा छोरा–बुहारीलाई भेट्न अमेरिका जान लागेकी श्रीमतिलाई वृद्धले अंग्रजी सिकाइरहेका हुन्छन् । वृद्ध भूमिका निर्वाह गरेका विपिनले भन्छन्, ‘माइ भनेको मेरो ।’ अनि विपिनले श्रीमतिको भूमिकामा रहेकी पूजा चन्दलाई प्रश्न गर्छन्, ‘माइ भनेको के रे ?’

पूजाले जवाफ फर्काउँछिन्, ‘माई भनेको तपाईंको ।’ यो ट्रेलरको संवाद र टिकटकको संवाद दुरुस्तै छ ।

यो भिडियो भाइरल भएकै छेका ‘तेल भिसा’को छायाङ्कन चितवनमा भइरहेको थियो । कतै निर्देशक एवम् लेखक शंकर घिमिरे उक्त टिकटक भिडियोबाट प्रभावित भएनन् ? यो प्रश्न स्वभाविकरुपमा उठ्ने भइहाल्यो ।

निर्देशक शंकर घिमिरे, वर्षा राउत, विपिन कार्की, ऋचा घिमिरे र बुद्धि तामाङ (क्रमश: दायाँदेखि बायाँसम्म)

निर्देशक घिमिरेले यस विषयमा विभिन्न सामाजिक सञ्जालमा कमेन्ट पढेका रहेछन् । फिल्मबारे जानकारी दिन सोमबार हात्तीसारमा गरिएको पत्रकार सम्मेलनमा उनले यसबारे बोलेका हुन् ।

निर्देशक घिमिरे भन्छन्, ‘म त्यो टिकटक भिडियोबारे जानकार नै थिइनँ । पछि कमेन्ट आएपछि थाहा पाएँ ।’

यो संवाद आफूले दुई वर्षअगाडि नै लेखेको उनको दाबी छ । निर्देशक घिमिरेकी श्रीमती अर्थात् फिल्मकी नायिका ऋचा घिमिरे पनि त्यही दाबी छ । उनले भनिन्, ‘हामीले डेढ वर्ष स्क्रिप्टमा काम गरेका हौँ । त्यो संवाद टिकटक बन्नुभन्दा पहिला नै लेखिएको थियो ।’

यो विषयलाई संयोगका रुपमा मात्रै लिन निर्देशक घिमिरेले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ४३ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ