वर्षा किन गरिरहन्छिन् ‘आमा’को भूमिका ? « Khabarhub

वर्षा किन गरिरहन्छिन् ‘आमा’को भूमिका ?


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्षा राउत अहिलको चल्तीको नायिका हुन् । उनले दोस्रो फिल्म छक्का पञ्जा नै हिट भयो । उनको तेस्रो फिल्म ‘जात्रा’ पनि दर्शकले रुचाए । उनी हिट श्रृङ्खला जात्राको रुचाइएकी कलाकार हुन् ।

हिट फिल्महरूमा वर्षा आमाको भूमिकामा देखिएकी हुन्छिन् । छक्का पञ्जा होस् वा जात्रा श्रृङ्खला उनी आमाको भूमिकामै थिइन् । उनले आफ्नो वास्तविक उमेरभन्दा बढीको भूमिका निर्वाह गरेका फिल्म हिट छन् ।

अग्लो, गोरो, मसल भएको हिरोसँग रोमान्स गर्ने, डाडाँ, झरना, फूलबारीमा साडी उडाउँदै नाच्ने वा कथित हिरोइनहरूले निर्वाह गर्ने भूमिकामा उनी देखिएकी छैनन् ।

अर्थात् उनको ‘ग्ल्याम्मर’ फिल्ममा देख्न पाइँदैन । सामाजिक सञ्जालका तस्बिरमा र विभिन्न कार्यक्रममा भने उनलाई ग्ल्याम्मर लुक्समा देख्न सकिन्छ । केही तस्बिर भाइरल पनि छन् ।

अर्कोतर्फ अभिनय करिअरकै सुरुवातमा नायिकाहरू हत्तपत्त आमाको भूमिकामा देखिन चाहँदैनन् । यसका उदाहरण धेरै छन् । ‘आमाको भूमिका निर्वाह गर्दा सहायक भूमिकामा धकेलिन्छु कि’ भन्ने भय अहिले पनि केही नायिकामा यथावत छ ।

तर वर्षा यसमा अपवाद छिन् । सुरुवाती फिल्मबाटै उनले आमाको भूमिका निर्वाह गरिरहेकी छन् । यसअर्थमा उनले जोखिम लिएकी हुन् भन्दा फरक पर्दैन ।

यो पनि…

‘तेल भिसा’का निर्देशकको प्रष्टीकरण : फिल्मको संवाद भाइरल टिकटकसँग मिल्नु संयोग

फिल्म ‘तेल भिसा’को निर्माण पक्षले हात्तिसारमा सोमबार गरेको पत्रकार सम्मलेनमा यसबारे वर्षाले बोलिन् । फिल्ममा उनी गर्भवती र आमाको भूमिकामा रहेकाले पनि यसको प्रसंग उठ्यो ।

आफूलाई आमाको भूमिकामा प्रस्ताव आउनुको कारणबारे वर्षाको बुझाइ छ, ‘म दोस्रो र तेस्रो फिल्ममा आमाको भूमिकामा थिएँ । दुवैमा दर्शकले मेरो भूमिका रुचाउनुभयो । त्यसकारण मलाई फिल्मको अफर पनि त्यही हिसाबले आउन थाल्यो ।’

त्यसपछिका दिनमा एक समय ‘होइन मलाई किन यस्तो भूमिकामा प्रस्ताव आउँछ ?’ भन्ने प्रश्न मनमा खेलेको समेत उनले खुलाइन् । तर अहिलेको भने उनलाई त्यस्तो सोच आउँदैन रे !

भन्छिन्, ‘अहिले मलाई जे भूमिका गरेँ राम्रै भएछ जस्तो लाग्छ । किनभने म यहाँ कलाकार बन्नका लागि आएको हो, होरोइन होइन ।’

फिल्ममा अभिनय सशक्त भूमिकामै प्राथमिकता राख्नुपर्छ भन्ने महसुस भएको वर्षा बताउँछिन् । थप्छिन्, ‘मलाई अभिनयमा आउँदा नै बारीमा गएर सल उडाउनुपर्छ भन्ने कहिल्यै लागेन । त्यसप्रति मेरो मोह थिएन ।’

यद्यपि राम्रो कथा र सशक्त भूमिका भएको अवस्थामा ‘ग्ल्याम्मर लुक्स’मा देखिन पनि पछि नपर्ने उनी बताउँछिन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : २३ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही