वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान « Khabarhub

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताको विकल्प नरहेको बताएका छन् । मार्क्सवादी ज्ञान केन्द्रद्वारा शनिबार आयोजित नेपालमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकता : चुनौती र सम्भावना’ विषयक भर्चुअल बहसमा प्रमुख वक्ता रहेका पुनले विचार मिल्ने वामपन्थीहरुबीच सहकार्यको विकल्प नरहेको बताएका हुन् ।

कम्युनिस्ट आन्दोलन हाल विशिष्ट र रक्षात्मक अवस्थामा रहेको रहेको भए पनि यही स्थिति लामो समय नरहने दाबी उनको थियो । पुनले तत्काल पार्टी एकता सम्भव नभए पनि मुद्दाका आधारमा सहकार्य थाल्नुपर्नेमा जोड दिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति साझा संघर्ष गर्ने, राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगाडि बढाउने र सामाजिक जनवादका मुद्दाहरूलाई व्यवस्थित रूपमा लैजानृे अहिलेको आवश्यकता हो’, पुनले भने, ‘विचार मिल्नेहरुबीच सहकार्य र एकता जरुरी छ ।’

आ–आफ्नो पार्टीलाई आन्तरिक रूपमा सुदृढ गर्दै फेरि वामपन्थी आन्दोलनलाई एक ठाउँमा ल्याउने प्रयास गरिने उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ६ : ३३ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा