बक्यौता महसुल उठाउन प्राधिकरणलाई थप सजिलो, मन्त्रालयले पठायो पत्र « Khabarhub

बक्यौता महसुल उठाउन प्राधिकरणलाई थप सजिलो, मन्त्रालयले पठायो पत्र


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता ‘टाइम अफ द डे’(टीओडी) मिटरका आधारमा उठाउन नेपाल विद्यूत् प्राधिकरणलाई पत्राचार गरेको छ ।

मन्त्रालयले यस विवादित मु्द्दा सन्दर्भमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि प्राधिकरणलाई पत्राचार गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार, आगामी १५ दिनभित्र सम्पूर्ण बक्यौता उठाएर उद्योगमा लाइन जोड्न प्राधिकरणलाई पत्र पठाएको हो ।

‘मन्त्रिपरिषद्को निर्णयअनुसार, मन्त्रालयले लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गरेको छ । मन्त्रालयले आगामी १५ दिनभित्र बाँकी सम्पूर्ण बक्यौता उठाउन र लाइन काटिएका उद्योगमा पुनःलाइन जोड्न प्राधिकरणलाई निर्देशन दिइसकेका छौँ’, चटौतले खबरहबलाई भने ।

उनका अनुसार निर्णय कार्यान्वयनका लागि प्राधिकरणलाई पत्र गइसकेको छ । ‘मन्त्रिपरिषद्ले आगामी १५ दिनभित्र ट्रंक तथा डेडिकेटेड महशुल टीओडी मिटरका आधारमा उठाउने निर्णय गरेको छ,’ उनले भने, ‘उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरिसकेको छ ।’

सरकारले ट्रंक तथा डेडिकेटेड महशुल विवाद सल्टाउने गरी निर्णय गरेको उनले बताए ।

उनले ९ वर्षदेखि चल्दै आएको विवादित मुद्दालाई सरकारले महशुल उठाएर समाधान गर्न खोजेको उनको भनाइ छ । लाल आयोगको सुझावअनुसार नै सरकारले ट्रंक तथा डेडिकेटेड महशुलबापतको प्रिमियम शुल्क उठाउन यसअघि नै निर्देशन दिइसकेको उनले बताए ।

मन्त्रिपरिषद्ले १५ दिनभित्र महशुल बक्यौता उठाउने र उद्योगमा लाइन पुनः जोड्ने निर्णय गरेपछि सोमबार साँझसम्म लाइन काटिएको उद्योगमा बिजुली जोडिएको छैन ।

मन्त्रालयले लिखित पत्र पठाएसँगै अब प्राधिकरणलाई उद्योगमा लाइन जोड्ने र महशुलबापतको प्रिमियम शुल्क उठाउने बाटो खुलेको छ ।

मन्त्रालयको लिखित पत्रसँगै प्राधिकरणलाई महशुल बक्यौता उठाउन थप सहज भएको छ । लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्ने निर्णय समेत प्राधिकरणले कार्यान्वयन गर्नुपर्नेछ ।

मन्त्रिपरिषदको निर्णय भएको २४ घण्टाभित्र सम्बन्धित निकायले निर्णय कार्यान्वयन गर्न सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
उनीहरूका अनुसार, सोमबार बेलुका वा मंगलबारसम्म सबै उद्योगमा लाइन जोड्ने सम्भावना छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ५९ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता