वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १२ लाख २५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौँ–३१ बानेश्वर बस्ने ५० वर्षीया कमलाकुमारी केसी, बागलुङ बडिगाड गाउँपालिका–९ घर भई हाल भक्तपुर सूर्यविनायक–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा तथा झापा मेचीनगर नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाउने भन्दै चार जनाबाट रु आठ लाख २५ हजार, बुढाले युके पठाउने भन्दै एक जनाबाट रु दुई लाख तथा खड्काले क्रोएसिया पठाउने भन्दै एक जनाबाट रु दुई लाख २५ हजार लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेकाहरुको थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १० : २० बजे

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६