वेस्ट इन्डिजले जित्यो बंगलादेशविरुद्धको शृङ्खला « Khabarhub

वेस्ट इन्डिजले जित्यो बंगलादेशविरुद्धको शृङ्खला


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशसँगको एकदिवसिय शृङ्खला जितेको छ। मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजले बङ्गलादेशलाई ७ विकेटले हराएको हो।

२२८ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले ३६.५ ओभरमा तीन विकेटको क्षतिमा २३० रन जोडेको हो। वेस्ट इन्डिजका लागि ब्रान्डन किङले ८२ रन जोडे। ७६ बलको सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे। एभिन लेविसले ४९ तथा केइसी कार्टीले ४५ रन जोडे। साइ होप १७ तथा स्टेफन रुदरफोर्ड २४ रनमा अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ४५.५ ओभरमा २२७ रन जोड्दै सबै विकेट गुमाएको हो।

बङ्गलादेशका मुदुल्लाहले ६२ रन जोडे भने तान्जिद हसनले छिटो रन बनाउने क्रममा ३३ बलमा ४६ रन जोडे। नवौँ क्रममा ब्याटिङ गरेको तान्जिन हसन सकिबले ४५ रन जोडे।

बङ्गलादेशलाई सस्तोमा समेट्ने क्रममा जाइडन सिल्सले ९ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। उनी म्यान अफ द म्याच बने।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : २८ बजे

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं