वेस्ट इन्डिजले जित्यो बंगलादेशविरुद्धको शृङ्खला « Khabarhub

वेस्ट इन्डिजले जित्यो बंगलादेशविरुद्धको शृङ्खला


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशसँगको एकदिवसिय शृङ्खला जितेको छ। मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजले बङ्गलादेशलाई ७ विकेटले हराएको हो।

२२८ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले ३६.५ ओभरमा तीन विकेटको क्षतिमा २३० रन जोडेको हो। वेस्ट इन्डिजका लागि ब्रान्डन किङले ८२ रन जोडे। ७६ बलको सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे। एभिन लेविसले ४९ तथा केइसी कार्टीले ४५ रन जोडे। साइ होप १७ तथा स्टेफन रुदरफोर्ड २४ रनमा अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ४५.५ ओभरमा २२७ रन जोड्दै सबै विकेट गुमाएको हो।

बङ्गलादेशका मुदुल्लाहले ६२ रन जोडे भने तान्जिद हसनले छिटो रन बनाउने क्रममा ३३ बलमा ४६ रन जोडे। नवौँ क्रममा ब्याटिङ गरेको तान्जिन हसन सकिबले ४५ रन जोडे।

बङ्गलादेशलाई सस्तोमा समेट्ने क्रममा जाइडन सिल्सले ९ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। उनी म्यान अफ द म्याच बने।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : २८ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा