सुदूरपश्‍चिमविरुद्ध सुरुमै धर्मरायो जनकपुर, चार ओभरमै गुमायो ५ विकेट « Khabarhub

सुदूरपश्‍चिमविरुद्ध सुरुमै धर्मरायो जनकपुर, चार ओभरमै गुमायो ५ विकेट


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगताअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ड्सले दुवैजना ओपनरसहित ५ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य जनकपुरले पछ्याउने क्रममा ४ ओभरमै जनकपुरले ५ विकेट गुमाएको हो ।

जनकपुरले खराब सुरुआत गर्ने क्रममा अनिल साहलाई ७ बलमा शुन्य, आशिफ शेखलाई ५ बलमा ४, लाहिरु मिलान्थालाई ७ बलमा ७ र हर्ष थकरलाई २ बलमा ५ रनको अवस्थामा गुमाएको हो । त्यसैगरी सुवास कंसकार ३ बलमा शून्यकै अवस्थामा क्याच आउट भएका छन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले जनकपुरसामु १२४ रनकाे लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रनको योगदान दिए । यस्तै, सेफ जैफले २१, ब्रेन्डन म्याकमुलनले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

जनकपुरका लागि किशोर महतोले सर्वाधिक चार विकेट लिए । यस्तै, शेर मल्ल र अरनिको मल्लले दुई–दुई तथा हर्ष थाकरले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ११ : ०८ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा