५० रन नबनाउँदै जनकपुरले गुमायो ९ विकेट « Khabarhub

५० रन नबनाउँदै जनकपुरले गुमायो ९ विकेट


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनपीएल क्रिकेट प्रतियोगितअन्तर्गत बुधबार भइरहेको खेलमा सुदूरपश्चिम रोयल्सको बलिङसामु जनकपुर बोल्ट्स धरासायी भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले १२४ रनको लक्ष्य पछ्याउने क्रममा ५० रन पनि कटाउन नसक्दै ९ विकेट गुमाइसकेर धरासायी भएको हो ।

जनकपुरले ९ ओभरमा ४९ रन बनाउँदा ९ विकेट गुमाइसकेको छ । जनकपुरले पहिलो पावर प्लेमै ५ विकेट गुमाएको थियो । उसका ‌ओपनरदेखि पाँचौँ क्रमका कुनै ब्याटरले दोहोरो स्कोर गर्न सकेनन् ।

ओपनर एवम् कप्तान अनिलकुमार साह र मध्यक्रमका शुभ कांशाकारले शून्यमै आउट भए । आसिफ शेख चार, लाहिरू मिलान्था सात, हर्ष ठाकर पाँच र जेमी निसम चार रनमै आउट भए ।

जनकपुरका लागि सर्वाधिक रन जोशुआ ट्रोम्पको नाममा १३ रन रह्यो । अर्निको यादव १, शेर मल्ल शून्यमै पवेलियन फर्किए ।

जनकपुरको ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा किशोरी महतो एक्लैले ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई विकेट लिए। सैफ जैबको नाममा एक विकेट रह्यो।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ११ : ३५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई