सुदूरपश्चिमसँग जनकपुरको लज्जास्पद पराजय « Khabarhub

एनपीएल क्रिकेट

सुदूरपश्चिमसँग जनकपुरको लज्जास्पद पराजय


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लज्जास्पद पराजय भोगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अलआउट हुँदै ५१ रन मात्रै बनाउँदै लज्जास्पद हार भोग्न बाध्य भएको हो । सुदूरपश्चिमसँग ७२ रनले पराजित भएसँगै जनकपुरको अपराजित यात्रा पनि पूर्णविराम लागेको छ ।

यसअघि पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमको पनि प्रदर्शन निराशाजनक थियो । तर उसले बलिङमा गतिलो कमब्याक गर्दै जनकपुरलाई पहिलो हार चखायो ।

सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रिएर दिएको १२४ रनको चुनौती पछ्याउने क्रममा जनकपुर २१.१ ओभरमा अलआउट हुँदे ५१ रनमा सीमित भयो । जारी एनपीएलमा यही नै सबैभन्दा कम स्कोर पनि हो । पोखराले चितवनविरुद्ध ७४ रन बनाएको स्कोर अब दोस्रो सबैभन्दा कम भएको छ ।

दुई शीर्ष टोलीबीचको लो स्कोरिङ भिडन्तमा जित निकालेसँगै सुदूरपश्चिमले जनकपुरसँग ८ अंक बराबरी गरेको छ । तर रनरेटका आधारमा सुदूरपश्चिम जनकपुरभन्दा अगाडि छ ।

यसअघि सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो । यो टोलीलाई चितवन राइनोजले ३३ स्तब्ध बनाएको थियो ।

उता जनकपुरले छिमेकी विराटनगर किङ्स र कर्णाली याक्सलाई समान ८/८ विकेटले हारको स्वाद चखाएको थियो । जनकपुरले पोखरा एभेन्जर्स ७ विकेट र लुम्बिनीलाई एक रनको झिनो अन्तरले हराएको थियो।

जनकपुरका जोशुआ ट्रम्पले सर्वाधिक १३ रन बनाए। अरुको नाममा दोहोरो स्कोर लेखिएन।

जनकपुरलाई धरासायी बनाउने क्रममा सुदूरपश्चिमका हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान २ विकेट झारे । सैफ जैब र नरेन साउदले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा गएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ को झिनो स्कोर गरेको  थियो ।

सुदूरपश्चिमका ओपनरद्वय साद बिन जाफर २१ र विनोद भण्डारी ३३ रनमा  आउट भए ।

त्यसपछि सुदूरपश्चिम संकटमा पर्‍यो । डेब्यु गरेका हर्मित सिंहले १, ब्रान्डन म्याकमुलनले ११ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरी शून्यमै आउट भए । इशान पाण्डेले १७, आसिफ शेखले ६ र  स्कट कुग्गेलिजन ७ रन बनाए ।

विजयी सुदूरपश्चिमका लागि किशोर महतोले घातक बलिङ गरे । चार ओभर बलिङ क्रममा ४ विकेट लिँदै २८ रन दिए।

शेर मल्ल र अर्निको यादवले दुई दुई विकेट लिए। क्यानेडाली क्रिकेटर हर्ष ठाकरले १ विकेट झार्दै सुदूरपश्चिमलाई जिताए ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ११ : ४४ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि