आलोकनगरमा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक  « Khabarhub

आलोकनगरमा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू भएको छ।

पार्टी मुख्यालय, आलोकनगरमा आजबाट सुरु भएको बैठक भोलीसम्म जारी रहनेछ । पछिल्लो समयमा भएका पार्टीका सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, केन्द्रीय नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो ।

उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन ।

अब यो बैठकले प्राथमिकतामा  सो एजेन्डा राख्नेछ । पार्टी संरचनामा कार्य विभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  २ : ३५ बजे

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको