लुम्बिनीविरुद्ध दीपेशको घातक बलिङ, दुवै ओपनर र कप्तान सस्तैमा आउट « Khabarhub

लुम्बिनीविरुद्ध दीपेशको घातक बलिङ, दुवै ओपनर र कप्तान सस्तैमा आउट


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको दोस्रो खेलमा लुम्बिनीका लायन्ससामु काठमाडौं गुर्खाजका बलर दीपेश कँडेल घातकसावित भएका छन् ।

१०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सका दुई ओपनर आशुतोष घिरिया, अर्जुन साउद र कप्तान रोहित पौडेललाई दीपेशले सस्तैमा पवेलियन फर्काए ।

कँडेलले विकेट लिएका यी तीनै ब्याटरले दोहोरो रन जोड्न सकेनन् । पहिलो विकेटका रुपमा मैदानबाट बाहिरिएका आशुतोष १२ बल खर्चेर ४ रनमा आउट भए ।

दोस्रो विकेटका रुपमा आउट भएका अर्जुन पनि १० बल खर्चेर ३ रनको अवस्थामा दीपेशकै बलको शिकार भए ।

दीपकले आशुतोष र अर्जुनलाई एकै ओभरमा आउट गरे । ३ ओभरको दोस्रो बलमा आशुतोष र ३ ओभरको अन्तिम बलमा अर्जुन आउट भएका हुन् ।

कप्तान रोहित पनि दीपेशकै बलमा एलबीडब्लु धरापमा परेर १५ बलमा ८ रन बनाएको अवस्थामा आउट हुन पुगे ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौं र लुम्बिनीबीचको खेल जारी छ । टस हारेर लुम्बिनी जावाफि ब्याटिङमा उत्रिएको हो ।

तस्बिर : चिरायु शाक्य

 

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ३ : ४१ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम