लुम्बिनीविरुद्ध दीपेशको घातक बलिङ, दुवै ओपनर र कप्तान सस्तैमा आउट « Khabarhub

लुम्बिनीविरुद्ध दीपेशको घातक बलिङ, दुवै ओपनर र कप्तान सस्तैमा आउट


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको दोस्रो खेलमा लुम्बिनीका लायन्ससामु काठमाडौं गुर्खाजका बलर दीपेश कँडेल घातकसावित भएका छन् ।

१०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सका दुई ओपनर आशुतोष घिरिया, अर्जुन साउद र कप्तान रोहित पौडेललाई दीपेशले सस्तैमा पवेलियन फर्काए ।

कँडेलले विकेट लिएका यी तीनै ब्याटरले दोहोरो रन जोड्न सकेनन् । पहिलो विकेटका रुपमा मैदानबाट बाहिरिएका आशुतोष १२ बल खर्चेर ४ रनमा आउट भए ।

दोस्रो विकेटका रुपमा आउट भएका अर्जुन पनि १० बल खर्चेर ३ रनको अवस्थामा दीपेशकै बलको शिकार भए ।

दीपकले आशुतोष र अर्जुनलाई एकै ओभरमा आउट गरे । ३ ओभरको दोस्रो बलमा आशुतोष र ३ ओभरको अन्तिम बलमा अर्जुन आउट भएका हुन् ।

कप्तान रोहित पनि दीपेशकै बलमा एलबीडब्लु धरापमा परेर १५ बलमा ८ रन बनाएको अवस्थामा आउट हुन पुगे ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौं र लुम्बिनीबीचको खेल जारी छ । टस हारेर लुम्बिनी जावाफि ब्याटिङमा उत्रिएको हो ।

तस्बिर : चिरायु शाक्य

 

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ३ : ४१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म