लुम्बिनीका ८ खेलाडीले बनाउन सकेनन् दोहोरो रन, काठमाडौं १८ रनले विजयी « Khabarhub

लुम्बिनीका ८ खेलाडीले बनाउन सकेनन् दोहोरो रन, काठमाडौं १८ रनले विजयी


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा फितलो बलिङ गरेको लुम्बिनी लायन्समाथि काठमाडौं गुर्खाजले १८ रनको जित निकालेको छ ।

१०४ रनको लक्ष्य पछयाउँदै टस हारेर जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित १० दशमलव २ ओरभमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै जोड्यो ।

काठमाडौंका बलर दीपेश लुम्बिनीका लागि महँगा सावित भए । उनले लुम्बिनीका दुई ओपनर आशुतोष घिरिया र अर्जुनलाई दोहोरो रन बनाउन नदिइ पेभेलियन फर्काइदिए ।

दीपेशले ३ ओभरको दोस्रो बलमा आशुतोष र ३ ओभरको अन्तिम बलमा अर्जुन साउदलाई आउट गराएका हुन् । आशुतोषले १२ बल खर्चेर ४ रन जोडे भने अर्जुनले १० बल खर्चेर ३ रनमात्रै जोडे ।

लुम्बिनीका कप्तान रोहितको ब्याटिङ अर्डर पनि दीपेशकै बलको शिकार भयो । १५ बल खर्चेर ८ रन बनाएका रोहितको विकेट दीपेशले एलबीडब्ल्यू धरापमा पार्दै लिए ।

लुम्बिनीका टम मूर्स र विवेक यादवले पनि दोहोरो रन जोड्न सकेनन्‌ । साद बिन जफर, रामोन सिमन्ड्स र अभिनाश गौतमले रनको खातासमेत खोल्न सकेनन् ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ३० बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो