लुम्बिनीका ८ खेलाडीले बनाउन सकेनन् दोहोरो रन, काठमाडौं १८ रनले विजयी « Khabarhub

लुम्बिनीका ८ खेलाडीले बनाउन सकेनन् दोहोरो रन, काठमाडौं १८ रनले विजयी


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा फितलो बलिङ गरेको लुम्बिनी लायन्समाथि काठमाडौं गुर्खाजले १८ रनको जित निकालेको छ ।

१०४ रनको लक्ष्य पछयाउँदै टस हारेर जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित १० दशमलव २ ओरभमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै जोड्यो ।

काठमाडौंका बलर दीपेश लुम्बिनीका लागि महँगा सावित भए । उनले लुम्बिनीका दुई ओपनर आशुतोष घिरिया र अर्जुनलाई दोहोरो रन बनाउन नदिइ पेभेलियन फर्काइदिए ।

दीपेशले ३ ओभरको दोस्रो बलमा आशुतोष र ३ ओभरको अन्तिम बलमा अर्जुन साउदलाई आउट गराएका हुन् । आशुतोषले १२ बल खर्चेर ४ रन जोडे भने अर्जुनले १० बल खर्चेर ३ रनमात्रै जोडे ।

लुम्बिनीका कप्तान रोहितको ब्याटिङ अर्डर पनि दीपेशकै बलको शिकार भयो । १५ बल खर्चेर ८ रन बनाएका रोहितको विकेट दीपेशले एलबीडब्ल्यू धरापमा पार्दै लिए ।

लुम्बिनीका टम मूर्स र विवेक यादवले पनि दोहोरो रन जोड्न सकेनन्‌ । साद बिन जफर, रामोन सिमन्ड्स र अभिनाश गौतमले रनको खातासमेत खोल्न सकेनन् ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ३० बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली