रूसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा | Khabarhub Khabarhub

रूसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– रूसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरूसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आएका चिनियाँ विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

‘रूसी पूर्व राष्ट्रपति मेदभेदेवको चीन भ्रमण चीन र रूसबीचको महत्वपूर्ण उच्चस्तरीय विचारहरूको आदानप्रदान हो,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने।

माओले रूसी सुरक्षा परिषद्को उपप्रमुखका रूपमा कार्यरत पूर्व राष्ट्रपतिका लागि तय गरिएको यात्रा कार्यक्रम वा बैठकका बारेमा थप जानकारी दिएनन् ।

सन् २०२२ को डिसेम्बरपछि मेदभेदेवको यो पहिलो चीन भ्रमण हो र भ्रमणका क्रममा चिनियाँ सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता र छलफल हुने उनी बेइजिङका लागि छुट्नु अगाडी रूसको सरकारी समाचार संस्था तासले जनाएको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा छिमेकी मुलुक युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि नै चीनले आफूलाई अमेरिका र अन्य पश्चिमा राष्ट्रको विपरीत तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

चीन रूको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार रहेको छ, जसले गर्दा केही नेटो सदस्य राष्ट्रहरूले बेइजिङलाई युद्धको ‘प्रोत्साहनकर्ता’ को रूपमा चित्रण गरेका छन् । बेइजिङले युक्रेन आक्रमणको कहिल्यै निन्दा गरेको छैन ।

सी राजनीतिक प्रणालीमा मेदभेदेवको सीमित भूमिका छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ३२ बजे

शंकर पोखरलले भने- न्यायालयमाथि आक्रमण गरेर कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भयो

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन-जी आन्दोलनका क्रममा नेपालको

शुक्लाफाँटा निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्न पाउने

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुले घरायसी प्रयोजनका लागि

अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार

म्याग्दी– हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२

बुसानमा ट्रम्प-सी वार्ता : व्यापार तनाव, युक्रेन युद्ध र फेन्टानिलबारे महत्त्वपूर्ण सहमति, ताइवानबारे कुनै कुरा भएन

बुसान, दक्षिण कोरिया- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति

चिकित्सक संघले औँल्याएका स्वास्थ्यमन्त्रीका चार चुनौती 

प्रधानमन्त्री सुशीला कार्कीले धेरै रस्साकस्सीपछि पूर्व स्वास्थ्य सचिव डा. सुधा