पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल : मन्त्री शाही « Khabarhub

पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल : मन्त्री शाही


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्यस्थलको रूपमा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले हाम्रा हिमाल जलवायु जोखिमको चपेटामा पर्दै आएको उल्लेख गरे। मन्त्री शाहीले भने, ‘हामीमाझ जथाभावी गरिने भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको अपराध पर्वतीय क्षेत्रको इकोसिस्टम र दिगो विकासका चुनौती हुन्, यी सबै चुनौतीलाई सामना गर्न सबै मिलेर काम गर्नुको विकल्प छैन ।’

पर्वतीय क्षेत्रका जैविक विविधताको ह्रास रोक्न र यस क्षेत्रको जलवायु जोखिमलाई सम्बोधन गर्न नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।

‘सामुदायिक वनमा हामीले प्राप्त गरेको सफलता, जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिबद्धता र योगदान आज अन्य देशहरुका लागि प्रेरणाका स्रोत भएका छन्’, उनले भने।

मन्त्री शाहीले बसाइँ सराइले गर्दा वन माथिको निर्भरता घट्दै गएकाले वन पैदावारलाई उद्योग व्यवसायसँग जोड्नुपर्ने बताए।

‘नेपालका हिमाल नेपालीका श्रीपेचको रूपमा छन्, हिमालले उत्पादन गरेको सफा पानी र स्वच्छ हावा अन्तर्राष्ट्रिय समुदायका सार्वजनिक सम्पत्ति हुन्’, उनले भने, ‘हिमालहरु हाम्रो गौरव मात्र होइनन्, पारिस्थितिकीय, सांस्कृतिक र आर्थिक पहिचानको आधार पनि हुन् ।’

कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले नेपालका हिमालहरू वनस्पति र वन्यजन्तुहरूको भण्डारण भएको उल्लेख गर्दै मूल्यवान् जैविक विविधताको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेकामा जोड दिए।

कार्यक्रममा राष्ट्रियसभाको दिगो विकास, आर्थिक सहायता तथा सुशासन समितिका सभापति कमलादेवी पन्त, प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुशुमदेवी थापा, राष्ट्रियसभा सांसद अन्जना शाक्य, वनसचिव डा दीपककुमार खराल, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर हाम्दी, इसिमोडका महानिर्देशक डा पेमा ग्याम्च्यो लगायतले जीवनलाई दिगो बनाउन हिमालको भूमिका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : २० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले