काठमाडौं भर्सेस लुम्बिनी : छक्काको खडेरी, ४ खेलाडी शून्यमै आउट « Khabarhub

काठमाडौं भर्सेस लुम्बिनी : छक्काको खडेरी, ४ खेलाडी शून्यमै आउट


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स दुवैले फितलो ब्याटिङ प्रस्तुत गरे ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले १९ दशमलव २ ओभरमा १०४ रनको समान्य लक्ष्य प्रस्तुत गर्‍यो ।

जवाफि ब्याटिङमा उत्रिएको लुम्बिनीले उक्त सामान्य लक्ष्य पनि पूरा गर्न सकेन । १९ दशमलव २ ओभरमै लुम्बिनीलाई काठमाडौंले ८५ रनमा प्याकअप गर्‍यो ।

काठमाडौंसँग हार बेहोर्‍यएको लुम्बिनीलाई दोहोरो झट्का लाग्यो । यही हारले एनपीएलको लिग चरणबाट बाहिरले पहिलो टोली बन्यो ।

४ खेलाडी शून्यमा आउट

काठमाडौंका भीम सार्की ३१ रन जोडे । काठमाडौं र लुम्बिनीका लागि आजको सबैभन्दा सर्वाधिक रन गर्ने नै उनै हुन् ।

यस खेलमा ४ चार खेलाडी शून्यमा आउट भए । काठमाडौंका एक र लुम्बिनीका ३ खेलाडी शून्यमा आउट भएका हुन् ।

काठमाडौंका ओपनर माइकल लिभर्ट शून्यमै आउट भएका हुन् । २ बलको सामना गरेको उनलाई लुम्बिनीका रामोन सिमन्ड्सले आउट गरेका हुन् ।

त्यस्तै, शून्यमा आउट हुने लुम्बिनीका ३ खेलाडीहरु हुन्– साद बिन जफर, रामोन सिमन्ड्स र अभिनाश गौतम ।

जफर र अभिनाश १ बलको सामना गरेर आउट भए । रामोनले २ बलको सामना गरेका थिए ।

दीपेशको उत्कृष्ट बलिङ

लुम्बिनीविरुद्ध सार्वधिक ४ विकेट लिने काठमाडौंका खेलाडी हुन्– करण केसी । तर, काठमाडौंका दीपेश कँडेलले महत्त्वपूर्ण ३ विकेट ।

दीपेशले सुरुवाती क्रमका तीन महत्त्वपूर्ण विकेट झारे । उनले लुम्बिनीका ओपनरद्वय आशुतोष घिरिया र अर्जुन साउदको विकेट लिए ।

अघिल्ला खेलमा लयमा रहेका लुम्बिनीका कप्तान रोहित पनि उनकै एलबीडल्ब्यूको धरापमा परे ।

दीपेशले यी तिनै सुरुवाती क्रममा ब्याटरलाई दोहोरो रन बनाउनबाट रोके ।

आशुतोष १२ बल खेलेर ४ रनको अवस्थामा आउट भए । अर्जुनले १० बल खर्च गरेर ३ रन मात्रै जोडे । रोहित १५ बलमा ८ रन जोडेर दीपेशकै बलको शिकार भए ।

तस्बिर : चिरायु शाक्य

छक्काविहीन लुम्बिनी

लुम्बिनीलाई ८५ रनम समेटेको काठमाडौंको बलिङ पक्ष भने बलियो बन्यो ।

दीपेश कँडेलले चार ओभर बलिङ गर्दा महत्त्वपूर्ण ३ विकेट लिए । उनले केबल ६ रन मात्रै खर्चिए ।

काठमाडौंका करण केसीले ४ ओभर बलिङ गर्दा ४ विकेट लिए । उनले १६ रन खर्चिए ।

गेर्हार्ड इरास्मले चार ओभर बलिङ गर्ने क्रममा २ विकेट लिँदा १९ रन खर्चिए ।

काठमाडौंका लागि रहिद खान भने खर्चिला बलर बने । उनले २ दशमलब २ ओभर बलिङ गर्दा १ विकेट लिँदै २२ रन खर्चिए ।

यद्यपि लुम्बिनीले काठमाडौंविरुद्ध एक छक्का पनि प्रहार गर्न सकेन । ५ चौका भने प्रहार ग¥यो । जारी प्रतियोगित एक इनिङका छक्का प्रहार नगर्ने पहिलो टिम लुम्बिनी नै हो ।

अर्थात् विपक्षीलाई छक्का प्रहार नगर्न नदिने पहिलो टोली काठमाडौं बनेको छ ।

जारी प्रतियोगिता सबैभन्दा कम ५१ रन बनाएको जनकपुरले पनि सुदूरपश्चिमविरुद्ध १ छक्का प्रहार गरेको थियो । जोशुआ ट्रोम्पले जनकपुरको छक्काको खडेरी पूर्ति गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : २१ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९