एफएनसीसीआई अध्यक्ष बन्न चुनाव नै लड्नुपर्ने, अञ्जनलाई स्वतः मौका | Khabarhub Khabarhub

एफएनसीसीआई अध्यक्ष बन्न चुनाव नै लड्नुपर्ने, अञ्जनलाई स्वतः मौका


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्ष पदका लागि अबको कार्यकालपछि प्रत्यक्ष निर्वाचन हुने भएको छ ।

विशेष साधारण सभामार्फत सर्वसम्मत विधान संशोधन गर्दै महासंघले अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धाका लागि मार्गप्रशस्त गरेको हो । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो ।

हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्ने महासंघले जनाएको छ ।

महासंघ विधान, २०७३ सातौंपटक संशोधन भएसँगै निर्वाचित अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ । महासंघ कार्यकारिणी समितिमा तीन जना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्‍याइएको छ । एकजना वरिष्ठ उपाध्यक्ष रहनेछन् । वरिष्ठ उपाध्यक्षको चयन कार्यकारिणी समितिले गर्नेछ । जिल्ला नगरतर्फ एक थप गरी दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

महासंघका अनुसार अब कार्यसमितिमा महिला उपाध्यक्ष पनि रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षलाई कार्यकारिणी समितिले चयन गर्नेछ । तर, यसका लागि कार्यकारिणी समितिमा कम्तिमा १२ जना महिला सदस्य हुनुपर्ने व्यवस्था गरिएको महासंघले जानकारी दिएको छ ।

महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद पनि महासंघमा गठन हुने व्यवस्था गरिएको छ । महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फ महिला सदस्य निर्वाचित हुने गरि आरक्षणको व्यवस्था गरिएको छ ।

महासंघ अन्तर्गतको नेपाल युवा उद्यमी फोरमका अध्यक्ष महासंघ केन्द्रिय कार्यकारिणी समितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ५ : ३९ बजे

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए 

म्याग्दी– म्याग्दीमा उत्पादन हुने कोदोका परिकारको विविधिकरण र बजारीकरण हुन

गफ जोतेर जीविका चलेको मुलुक !

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ ।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि…

पर्वत– सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

सुर्खेत– डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि

शहरी विकास मन्त्रालयले आज क्रिकेट मैदानको प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गर्दै

काठमाडौं – शहरी विकास मन्त्रालयले आज त्रिवि क्रिकेट मैदानको प्यारापिट