आज पृथ्वी जयन्ती : यस्ता छन् दिव्य उपदेश | Khabarhub Khabarhub

आज पृथ्वी जयन्ती : यस्ता छन् दिव्य उपदेश


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काडमाडौं – आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ । नेपाल एकीरणका प्रणेता पृथ्वीनारायण शाहको स्मरणमा हरेक पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ । पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

वि.सं. १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेका थिए ।

नेपालको भूअवस्थितिको आत्मबोध गरेका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देश छाडे गएका छन् ।

उनका दिव्यउपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन् ।

पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भूभाग नेपालको अधिनमा थियो।

राष्ट्रनिर्माता शाह पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। पृथ्वीनारायण शाहका दिव्य उपदेशको चर्चा सदैव हुने गरेको छ ।

दिव्य उपदेश

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ५ : ४१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका