राष्ट्रनिर्माताका दिव्य धारणालाई अनुसरण गरी पदचाप पछ्याउनु पर्छ : पूर्वराजा शाह « Khabarhub

राष्ट्रनिर्माताका दिव्य धारणालाई अनुसरण गरी पदचाप पछ्याउनु पर्छ : पूर्वराजा शाह


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य धारणालाई अनुसरण गरेर त्यसको पदचाप पछ्याउनु पर्ने बताएका छन् ।

३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजाले पृथ्वीनारायण शाहलाई गौरवशाली व्यक्तित्वको रूपमा स्मरण गर्नुपर्ने जनाएका छन् ।

उनले पृथ्वीनारायण शाहबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले सन्देशमा भनेका छन्, ‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरवशाली व्यक्तित्व मान्दछौँ ।’

उनले आफ्नो इतिहास आफ्नो स्वतत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जताततै भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई भुल्न सक्दैनौँ।’

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘राष्ट्र भनेको भूगोल मात्र होइन, जनताको साझा थलो हो अनि राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक धरोहर पनि हो, सबै जात जाती, सबै वर्ग समुदाय, सबै धर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैँचाका थरीथरी सुन्दर फूलहरू हुन्, हाम्रो राष्ट्र निर्माणको पुनीत कामना यो हो।’

यो पनि…
आज पृथ्वी जयन्ती : यस्ता छन् दिव्य उपदेश

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : १७ बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन