राष्ट्रनिर्माताका दिव्य धारणालाई अनुसरण गरी पदचाप पछ्याउनु पर्छ : पूर्वराजा शाह « Khabarhub

राष्ट्रनिर्माताका दिव्य धारणालाई अनुसरण गरी पदचाप पछ्याउनु पर्छ : पूर्वराजा शाह


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य धारणालाई अनुसरण गरेर त्यसको पदचाप पछ्याउनु पर्ने बताएका छन् ।

३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजाले पृथ्वीनारायण शाहलाई गौरवशाली व्यक्तित्वको रूपमा स्मरण गर्नुपर्ने जनाएका छन् ।

उनले पृथ्वीनारायण शाहबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले सन्देशमा भनेका छन्, ‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरवशाली व्यक्तित्व मान्दछौँ ।’

उनले आफ्नो इतिहास आफ्नो स्वतत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जताततै भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई भुल्न सक्दैनौँ।’

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘राष्ट्र भनेको भूगोल मात्र होइन, जनताको साझा थलो हो अनि राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक धरोहर पनि हो, सबै जात जाती, सबै वर्ग समुदाय, सबै धर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैँचाका थरीथरी सुन्दर फूलहरू हुन्, हाम्रो राष्ट्र निर्माणको पुनीत कामना यो हो।’

यो पनि…
आज पृथ्वी जयन्ती : यस्ता छन् दिव्य उपदेश

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : १७ बजे

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा