दाङको टरिगाउँ विमानस्थलबारे छलफल | Khabarhub Khabarhub

दाङको टरिगाउँ विमानस्थलबारे छलफल


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांसदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिए। 

भेटमा सांसद देवकोटा, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीलगायतको सहभागिता थियो । उनीहरूले मन्त्रीसमक्ष जिल्लाका विविध विषयमा कुरा राखेका थिए ।

सोही अवसरमा मन्त्री शर्माले छलफलमा उठेका विषयलाई सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : २० बजे

आयोगले सार्वजनिक गर्यो फागुन २१ को निर्वाचन कार्यक्रम

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि

फ्लड लाइटमा एनपीएल खेल्न मिल्ने गराएर त्रिवि रंगशाला क्यानलाई हस्तान्तरण

काठमाडौं – प्यारापिट राख्ने र फ्लड लाइट जडान गरेपछि सरकारले

जेन-जी नेताहरूलाई कांग्रेस-एमालेको डर, सम्झौताका लागि बढाउँदै सरकारमाथि दबाब

काठमाडौं– जेन-जीहरूले सरकारसँग सम्झौताका लागि ११ बुँदे माग शुक्रबार प्रधानमन्त्री

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : पक्राउ परे पूर्वसचिव अर्जुन कार्की

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको जग्गा लिज