राष्ट्रपति पौडेलद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण « Khabarhub

राष्ट्रपति पौडेलद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेका छन् ।

पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति पौडेलले शुक्रबार सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै देशभर बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो । 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : १२ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको