माङ्सेबुङले जित्यो मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि « Khabarhub

माङ्सेबुङले जित्यो मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – प्रदेशस्तरीय अन्तरपालिका स्तरीय अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरपालिकास्तरीय अध्यक्ष कप फुटबलमा माङ्सेबुङ गाउँपालिकाले आयोजक मानेभञ्ज्याङलाई २–१ गोलअन्तरले पराजित ग¥यो ।

आज भएको फाइनलमा माङ्सेबुङको जीतमा टीकाराम योङहाङ र निर्मल राईले एक–एक गोल गरे । मानेभञ्ज्याङका लागि विकास राईले एक गोल फर्काए ।

विजेता माङ्सेबुङले नगद रु पाँच लाखसहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीद्वारा निर्मित रनिङ शिल्ड साथै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद रु तीन लाखसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको सेमिफानलमा पुगेका ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र तेह्रथुम लालीगुराँस नगरपालिकाले रु एक–एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । कृषि र पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय स्थानीय तह अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रुम्दालीले बताए ।

प्रतियोगितामा कोशी प्रदेशका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानीय तहको सहभागिता थियो । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बू र उत्कृष्ट खेलाडीको उपाधि मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको छ ।

यही पुस १७ गते युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतियोगिता उद्घाटन गरेका थिए। खेलको समापन समारोहमा राष्ट्रिय गानका रचियता व्याकुल माइलालगायतका अतिथि सहभागी थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ८ : ३० बजे

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम