हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय छ : ओली « Khabarhub

हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय छ : ओली


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक सङ्गठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घको तेस्रो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले आफ्नो अस्थित्वसहित अरुसँग सहकार्य गर्न र सहभागिता जनाउन आग्रह गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिए ।

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफैँ विज्ञ हुनुपर्ने बताए । उनले महिलाले सङ्गठित वा असङ्गठितरूपमा देशका हरेक परिवर्तनमा योगदान रहेको उल्लेख गर्दै राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय रहेको बताए ।

विसं १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाले निर्वाह गरेको भूमिका असाधारण रहेको अध्यक्ष ओलीले बताए । उनले एमालेलाई जीवन्त तुल्याउन महिलाले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठभित्र पार्टीका सबै जिल्लामा जिल्ला सम्मेलन सम्पन्न गर्ने समयसीमा भएकाले महिला सङ्घले पनि केही जिल्लामा महिला अध्यक्ष बनाउनका लागि दबाब दिनुपर्ने बताए । सङ्घका अध्यक्ष टुकाभद्र हमालले आगामी तीन महिना सङ्गठन शुद्धीकरण अभियान सञ्चालन गरिने बताए । बैठक भोलि सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : ४१ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल