दाङमा यात्रुबाहक बस दुर्घटना, पाँच जनाको मृत्यु (अपडेट) « Khabarhub

दाङमा यात्रुबाहक बस दुर्घटना, पाँच जनाको मृत्यु (अपडेट)


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

दाङ – राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार पाँचैजनाको घटनास्थलमा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ज ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती पुलबाट बस खसेको प्रहरीले जनाएकाे छ । अहिले उद्धार कार्य चलिरहेको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : ५७ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको