जन्मनु अगावै छोरालाई क्रिकेटर बनाउने बाबुको त्यो सपना | Khabarhub Khabarhub

जन्मनु अगावै छोरालाई क्रिकेटर बनाउने बाबुको त्यो सपना


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

सन् १९९० को दशक थियो। सचिन तेन्दुलकरको उदयले भारतीय क्रिकेटलाई तरङ्गित बनाइरहेको सोही समयमा एक जना भारतीयले आफ्नै सन्तानमा पनि सचिनको विम्ब अनुभूत गर्न थाले। नयाँ सपना देख्दै उनी रोमाञ्चित हुन थाले। यसै मध्यका सञ्जय धास पनि थिए। जसले सचिनले ब्याटिङ गरेको एक बल पनि छाड्न चाहँदैन थिए।

सचिनबाट आकर्षित उनी क्रिकेट खेल्न चाहन्थे। परन्तु उनको इच्छा कामीयाव भएन। कबड्डी खेलाडी भएका उनले महाराष्ट्रबाट राज्य स्तरको प्रतियोगिता खेलेका थिए। आफ्नो क्रिकेट खेल्ने धोको पुरा नभएका कारण उनले क्रिकेट एकेडेमी पनि चलाए। तेन्दुलकरकै कारण प्रभावित उनले छोराको नाम सचिन मात्र राखेनन्, क्रिकेट नै खेलाए। त्यसैको प्रतिफल अहिले दक्षिण अफ्रिकामा सम्पन्न भएको यू-१९ विश्वकप क्रिकेटमा देखिएको छ।

आइतबार सकिएको यू-१९ विश्वकप क्रिकेटमा पनि सचिन सञ्जय दासको प्रदर्शन सुरुवातमा राम्रो हुन सकेन। सुरुवाती पारीमा २६, २१, २० र १५ रन प्रहार गरेका उनले त्यसपछि १ सय १६ र ९६ रन प्रहार गरे। दक्षिण अफ्रिकाविरुद्ध उनकै ९६ रनको कारण भारत हारको मुखबाट बाहिर निस्किएको थियो। उनी फाइनल खेल अगाडिसम्म भारतमा दुई ब्याट्सम्यान मसीयर खान र उदय शरणपछि तेस्रो धेरै रन प्रहार गर्ने खेलाडी भए।

दक्षिण अफ्रिकाविरुद्ध उनकै ९६ रनको कारण भारत हारको मुखबाट बाहिर निस्किएको थियो। उनी फाइनल खेल अगाडिसम्म भारतमा दुई ब्याट्सम्यान मसीयर खान र उदय शरणपछि तेस्रो धेरै रन प्रहार गर्ने खेलाडी भए।

१ सय १६ दशमलव ६६ को स्ट्राइक रेटमा ७३ दशमलव ५० को औसतमा २ सय ४४ रन साँच्चै सानदार प्रदर्शन सहित उनले भारतलाई फाइनलको यात्रा गराएका थिए।

‘जन्मनु अगाडि नै मैले उनलाई क्रिकेटर बनाउने सपना देखिसकेको थिएँ,’ सचिन धासकाका बाबु सञ्जयले भने। उनका बबाले त दुई वर्षको भएपछि नै ब्याट र बल समाउन लगाएर बिहानको समयमा त्यसैमा अभ्यास गराउन सुरु गरिसकेको थिए। छोरालाई ठुलो मानिस बनाउने हो भने सानो उमेरमै सबै अवसर दिनुपर्छ भन्ने कुरा बुझेर बाबुले एकेडेमीमा राखेका थिए।

सन् २००९-१० को सिजनमा सचिन अजर सेखले सञ्चालन गरेको आदर्श क्रिकेट एकेडेमीमा पुगी सकेका थिए। त्यस समयमा एकेडेमीमा ६० देखि ७० जनाको बिचमा बच्चाहरू हुन्थे। अजरको विचारमा सुरुवाती दिनमा नै सचिन फरक थिए। अन्य भन्दा धेरै कुरा सिक्न चाहने र सिकी हाल्ने नै थिए। दैनिक बिहान ५ सय देखि ६ सय तथा बेलुका ७ सय देखि ८ सय बलमा उनी अभ्यास गर्थे। बलर थाके पनि सचिन भने ब्याट छाड्नै मन नगर्ने।

१२ वर्षको उमेरमा नै उनले महाराष्ट्र यू-१४ मा खेल्ने अवसर पाएका थिए। उनकी आमा शुरेच्छालाई भने यो कुरा मन परेको थिएन। आमाको विचारमा ठुलो मानिस बन्नका लागि धेरै पढ्नुपर्छ अन्य केही गर्नु हुँदैन भन्ने थियो। आमाले भनेको कुरालाई त सचिनले मतलब नै गरेनन्। वर्ड गाउँमा एउटा मात्र मैदान थियो।

१२ वर्षको उमेरमा नै उनले महाराष्ट्र यू-१४ मा खेल्ने अवसर पाएका थिए। उनकी आमालाई भने यो कुरा मन परेको थिएन। आमाको विचारमा ठुलो मानिस बन्नका लागि धेरै पढ्नुपर्छ अन्य केही गर्नु हुँदैन भन्ने थियो। आमाले भनेको कुरालाई त सचिनले मतलब नै गरेनन्।

महाराष्ट्रका चयनकर्ताले राम्रो गर्ने हो भने टर्फ पिचमा अभ्यास गराउन आवश्यक रहेको कुरा बताए। सञ्जयले छोराका लागि थप दुःख गरे। आफन्त र छिमेकीसँग ६ देखि ७ लाख भारतीय रुपैयाँ बटुले। त्यहाँका अधिकारीसँग अनुमति मागेर गाउँको मैदानमा टर्फ पिच राखेर नै छाडे। त्यसपछि सचिनको प्रगति अझै चुलिएको थियो। उनले १४ वर्षको उमेरमा महाराष्ट्रको यू-१६ तथा १६ वर्षको उमेरमा महाराष्ट्रको यू-१९ टोलीबाट सहभागिता जनाएका थिए।

उनलाई यत्तिले पुगेन। उनी दैनिक १ हजार २ सयदेखि १ हजार ४ सय बलमा अभ्यास गर्न चाहन्थे। यस कारण उनी अन्य बच्चाबाट टाढा रहेर पनि अभ्यास गर्न चाहन्थे। उनले आफ्नो पुरानो घरको छतलाई अभ्यास गर्ने स्थान बनाएका थिए।

त्यस स्थानमा पनि आफैले रातीको समयको लागि बत्तीको व्यवस्था गरेका थिए। सचिनका लागि उनका बाबु सञ्जयले घरमा नै बलिङ मेसिन ल्याएर राखेका थिए। हो त्यस फ्लड लाइटमा बलिङ मेसिन ल्याएर गरेको अभ्यास यू-१९ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा देखिएको थियो। दक्षिण अफ्रिकाको तेज बलिङ आक्रमण, सर्ट बल र बाउन्सरका सामु अन्य भारतीय निरीह साबित भइसकेको समयमा सचिनले नै टोलीको उद्धार गरेका थिए।

पाँचौँ क्रममा ब्याटिङ गर्न आएका उनले ९५ बलमा ९६ रन प्रहार गरे। छैटौँ क्रममा ब्याटिङ गरेका कप्तान उदय शरणसँग उनले १ सय ७१ रनको साझेदारी गरेका थिए। ३२ बलमा चार विकेट गुमाएको भारतले पाँचौँ विकेट २ सय ३ रनमा गुमाएको थियो।

फ्लड लाइटमा बलिङ मेसिन ल्याएर गरेको अभ्यास यू-१९ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा देखिएको थियो। दक्षिण अफ्रिकाको तेज बलिङ आक्रमण, सर्ट बल र बाउन्सरका सामु अन्य भारतीय निरीह साबित भइसकेको समयमा सचिनले नै टोलीको उद्धार गरेका थिए।

पुलमा राम्रो उनले मिड विकेट क्षेत्रमा बललाई पाँच पटक बाउन्ड्री पार गराएका थिए। नेपालसँग भएको सुपर सिक्सको खेलमा पनि उनले केही शानदार क्रिकेट सर्ट प्रहार गरेका थिए। दक्षिण अफ्रिका जानु आठ दिन अघिसम्म पनि सचिनले अजरसँग अभ्यास गरिरहेका थिए। प्लास्टिकको बलमा कुमसँगको बलमा उनलाई अभ्यास गराइएको थियो। दुई महिनासम्म यसैमा अभ्यस्त रहेका उनी यस किसिमको सर्टमा शुभमन गीलकै झझल्को दिने गरेका छन्।

बाबु जस्तै उनी पनि सचिन तेन्दुलकरका फ्यान हुन् नै साथै विराट कोहली पनि उनका मनपर्ने खेलाडी हुन्। उनलाई ती खेलाडीले जस्तै चौथो क्रममा ब्याटिङ गर्न मन लागेको थियो। परन्तु टोलीले दिएको फिनिसरको जिम्मेवारीलाई पनि उनले कुशलतापूर्वक निर्वाह गरे।
अस्ट्रेलियासँगको फाइनलमा ८ बलमा ९ रन प्रहार गरेका उनले त्यसपछि म्याकमिलनको अफ स्पिनमा विकेट गुमाए। फाइनलमा भारतीय ब्याटिङ धारासायी बनेपछि अस्ट्रेलियाले चौथो पटक यू-१९ क्रिकेट विश्वकपको उपाधि जिती सकेको छ।

विश्वकपमा केही स्टारको उदय भने पक्कै भएको छ। जसले लामो समयसम्म विश्व क्रिकेटमा आफ्नो छाप छाड्ने छन्। २१ विकेट लिएका दक्षिण अफ्रिकाका पेस बलर केवन मापाखाले म्यान अफ द सिरिजको उपाधि पाए।

यस विश्वकपमा केही स्टारको उदय भने पक्कै भएको छ। जसले लामो समयसम्म विश्व क्रिकेटमा आफ्नो छाप छाड्ने छन्। २१ विकेट लिएका दक्षिण अफ्रिकाका पेस बलर केवन मापाखाले म्यान अफ द सिरिजको उपाधि पाए।

मापाखाले उपाधि जित्ने क्रममा उबेद शाह, सौमी पाण्डे, मुसीर खान, जेवल एन्ड्रयु, ह्रयुज विलबेग,उदय शरण र आफ्नै टोलीका स्टिभ स्टोल्कलाई पछि पारेका थिए। १७ वर्षीय मापाखाले एउटै प्रतियोगितामा तीन पटक पाँच विकेट लिएर सबैलाई आश्चर्यमा पारेका थिए।
बाबुको सपना सकार पार्न मिहेनत गरीरहेका तिनै सचिनले स्टार खेलाडी मापाखाको सानदार बलिङ पार गर्दै भारतलाई फाइनलमा प्रवेश गराएका थिए। स्रोतः क्रिकइन्फो

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : १३ बजे

न्यायपालिकाको पुनसंरचना प्रतिवेदन बनाउन नेपाल बारले बनायो समिति

काठमाडौं – नेपाल बार एशोसिएसनले न्यायपालिकाको पुनसंरचनाका लागि प्रतिवेदन तयार

शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुभारम्भ

काठमाडौं । शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा ३१औँ समूहको

गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

कास्की – गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर

तीन दिन गड्डाचौकी नाका बन्द हुने

कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द

नारायणकाजी श्रेष्ठलाई अर्थ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को अनुपस्थितिमा अर्थ मन्त्रालयको कार्यभार