सुनसरीबाट १ करोड ८२ लाख नक्कली नोटसहित एक भारतीय पक्राउ « Khabarhub

सुनसरीबाट १ करोड ८२ लाख नक्कली नोटसहित एक भारतीय पक्राउ


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले सुनसरीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ । भारतबाट नेपाल आएको स्कारपियोबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

इनरुवा नगरपालिका–४ सुनसरी खोलाको पुलनजिकबाट प्रहरीले नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए ।

बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्कारपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको उनले बताए।

गाडी चालक भारत सुपौलका २२ वर्षीय मोहम्मद सैयदलाई पक्राउ गरिएको रेग्मीले बताए । उक्त स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको रेग्मीले बताए ।

चेकजाँचका क्रममा शंका लागेर हेर्दा नक्कली नोट भेटिएको हो । बोराभित्र झोलामा लुकाएर र ल्याइएको अवस्थामा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले नक्कली नोटबारे पत्रकार सम्मेलन गरी आज दिउँसो जानकारी दिने जनाएको छ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ५९ बजे

अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय बहुराष्ट्रिय कम्पनी एस्सार समूहले अमेरिकाको

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने