व्यवसायी चौधरीलाई रिहाको आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा « Khabarhub

व्यवसायी चौधरीलाई रिहाको आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई दुई दिनमा अनुसन्धान नसके रिहा गर्न आदेश दिएपछि न्यायाधीश आचार्य विवादित बनेका थिए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई हिजो नै मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

आचार्यले आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्द समेत प्रयोग गरेका थिए ।

दुई दिनमा अनुसन्धान नसके स्वतः रिहा हुने भन्ने न्यायाधीश आचार्यको आदेशलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत न्यायिक इतिहासकै पहिलो अनौठो आदेश भन्दै प्रतिक्रिया दिएका थिए ।

न्यायाधीश आचार्य न्याय सेवामा धेरै लामो अनुभव सँगालेका न्यायाधीश होइनन् । पर्वत जिल्लामा ०३८ सालमा जन्मेका उनी शाखा अधिकृतका रुपमा ०६७ सालमा न्याय सेवामा प्रवेश गरेका हुन् ।

आचार्य ०७३ सालमा उपसचिव बने । ०७७ सालमा खुल्ला प्रतिस्पर्धाबाट उनी न्यायाधीश नियुक्त भए ।

काठमाडौं जिल्ला अदालतमा आउनुअघिसम्म उनी जाजरकोटमा जिल्ला न्यायाधीश थिए । न्यायाधीशका रुमिा उनको अनुभव करिब ३ वर्ष मात्र रहेको छ ।

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १२ : ३९ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर